×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाइमामा नाटक !, पहिला नै नसुहाउँदो भाउ बढाएर गाडीमा अफरको चटक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाइमामा नाटक !, पहिला नै नसुहाउँदो भाउ बढाएर गाडीमा अफरको चटक !

Artha Sarokar

२२ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बजारमा अहिले चर्चा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को छ । भर्खरै गठन भएको संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको उक्त एक्स्पो साउन २१ गते (बुधबार) देखि काठमाडौँको भृकुटिमण्डपमा चलिरहेको छ । 

एक्स्पो सवारी साधनको प्रदर्शनी मात्र नभएर नयाँ प्रविधि र नवीनतम अनुभव लिन सकिने स्थान भएको दाबी गरिए पनि नाइमा मोबिलिटी एक्स्पोले ‘एक्स्पो’ कै धज्जी उडाएको पाइएको छ ।

यसो त यसरी विभिन्न समयमा आयोजना गरिने अटो शोमा अन्य समयको तुलनामा आकर्षक छुट र क्वालिटीको सामान पाइने धेरैको अपेक्षा हुन्छ । तर, नाइमा अटो शोले सोही मनोभावमाथि नै खेलवाड गर्दै सुरुमा गाडीको भाउ असाध्यै बढाएर गाडीमा अफरको नाटक गरेको अवलोकनकर्ताहरुको गुनासो छ ।

‘एक्स्पोमा नयाँ मोडेलका गाडीहरु थुप्रै राखिएको छ । तर ती गाडीहरुको मूल्य सुरुमै असुहाउँदो राखिएका छन् ।’, एक्स्पो अवलोकन गर्न पुगेका एक अवलोकनकर्ताले भने, ‘सुरुमा यसरी असुहाउँदो मूल्य निर्धारण गरेर पछि सोही मूल्यमा आकर्षक अफर भन्दै प्रचार गरिएको छ । यो नाटक बाहेक केही होइन । यो अटो शोमा ग्राहकलाई खासै केही फाइदा देखिएन ।’

आज (साउन २१) गतेदेखि सुरु भएको एक्स्पो साउन २५ गतेसम्म चल्नेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी रहेको बताइएको छ । एक्स्पोमा ३५ वटा नयाँ सवारिसाधन पनि प्रदर्शनमा राखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी