×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्वात्तै बढ्यो वित्तीय अपराध, एक वर्षमा बैंकिङ कसुरका मात्र ६ हजार ५ सय बढी मुद्दा दर्ता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ह्वात्तै बढ्यो वित्तीय अपराध, एक वर्षमा बैंकिङ कसुरका मात्र ६ हजार ५ सय बढी मुद्दा दर्ता !

Artha Sarokar

२९ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुर पहिलो नम्बरमा रहेको बताएका छन् ।

बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्ष २०८१/८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैकिङ कसुरका दर्ता भएको जानकारी दिएका छन् । गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । अधिकारीका अनुसार बैकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । 

बैंकिङ कसुर र अभद्र व्यवहारपछि क्रमशः चोरी, ठगी, लागूऔषध, आत्महत्या, जबर्जस्तीकरणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको अधिकारीले बताएका छन् । उनका अनुसार गत आर्थिक वर्षमा चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अङ्गभङग ७४ वटा मुद्दा दर्ता भएका छन् । 

औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १० प्रकारका मुख्य संख्याका अपराधहरुले जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी