Skip to content
LAXMI SUNRISE BANK

एशियाकै नमुना ‘दि क्लिफ’ पुलमा एक महिना निःशुल्क आवतजावत

अर्थ सरोकार

काठमाडौँ । पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकी नदीमाथि निर्माण गरिएको एशियाकै नमुना ‘दि क्लिफ’ पुल बागलुङ नगरपालिकाका नागरिकका लागि एक महिनासम्म निःशुल्क खुला गरिएको छ । परिचयपत्रका आधारमा पुलको प्रयोग गर्न सकिनेछ ।

लगातारको भारी वर्षाका कारण बागलुङका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भई यातायातमा अवरोध सिर्जना भएपछि द क्लिफले स्थानीयलाई राहत स्वरूप यो विशेष सुविधा दिने घोषणा गरेको हो । सडक अवरुद्ध हुँदा स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर पुगेको अवस्थालाई मध्यनजर गर्दै पुलबाट आवतजावत सहज होस् भनेर यो योजना ल्याइएको द क्लिफका अध्यक्ष राजु कार्कीले बताए । विपद्को समयमा सहज आवतजावतका लागि गरिएको यो व्यवस्था स्थानीयलाई ठुलो राहत हुने अपेक्षा गरिएको छ।

लामो समयदेखि यो पुल, बागलुङका कृषि उत्पादन कुश्मा बजारसम्म पुर्‍याउने पुल बन्दै आएको छ । विद्यार्थीहरूलाई पढ्न जान, कर्मचारीलाई जागिरमा पुग्न, बजार आवतजावत र सामान्य दैनिकीलाई सस्तो र छिटो बनाएको छ। नियमित प्रयोगकर्ताका लागि मासिक पासको सुविधा पनि छ ।

५२० मिटर लम्बाइ र २२८ मिटर उचाइको यो पुलले कुश्मा- बलेवालाई मात्र नभई, सम्पूर्ण क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक आवतजावतलाई जोड्ने महत्त्वपूर्ण आधारको रूपमा काम गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK