×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ 

Artha Sarokar

१६ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकिङ कसुर मुद्दाकि फरार प्रतिवादी पक्राउ परेकी छिन् । बैंकमा पैसा नहुँदा नहुँदै पनि चेक दिएर बैंकिङ कसुर गर्ने ५१ वर्षीया दुर्गा देवी गुरुङ पक्राउ परेकी हुन् ।

गुरुङको स्थाई ठेगाना संखुवासभा चिचिला गाउँपालिका वडा नं. ०१ हो भने हाल उनी काठमाडौँको कगेश्वोरी मनोहरा नगरपालिका वडा नं. ०६ खहरे बस्दै आएकी छिन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले  साउन १४ गते खहरेबाट पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले मिति २०७९/११/२३ गते गुरुङविरुद्द ३ लाख जरिवाना, १ दिन कैद र क्षतिपुर्ति वापत १२ हजार तिर्नुपर्ने फैसला गरेको थियो । अदालतको फैसलापश्चात उनी फरार भएकी थिइन् ।

हाल गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी