काठमाडौँ । खोटो बेचेर वन समूहले रु १८ लाख बढी आम्दानी गरेका छन् । घोराहीका चार समुदायिक वनले रु १८ लाख ३७ हजार छ सय ५७ आम्दानी गरेका हुन् ।
डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र रङ बनाउन प्रयोग गरिन्छ । यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु एक लाख ९६ हजार ७५६ किलो कम खोटो संकलन भएको छ । आव २०८०/८१ मा जिल्लाका सातवटा सामुदायिक वन समूहबाट दुई लाख ७२ हजार १२ किलो सल्लाको खोटो संकलन भएको थियो ।
आर्थिक वर्ष २०७९/८० मा ७८ हजार किलो सल्लाको खोटो संकलन गरी बिक्री गर्दा रु नौ लाख ३९ हजार २७ आम्दानी भएको थियो । खोटो संकलन गर्ने सामुदायिक वन समूह घटेसँगै आय पनि घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्