काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १०० रुपैयाँले घटेर एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला २३०५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७० हजार ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १९७६ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।