Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, एकैदिन ३ हजारले बढ्यो

अर्थ सरोकार

काठमाडौं । लगातार बढेको सुनको मूल्य आइतबार पनि बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ हजार रुपैयाँले बढेर दुई लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला २४२५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७४ हजार ५ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २०५९ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK