Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै एक लाख ९९ हजार

अर्थ सरोकार

काठमाडौं । बुधबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३ सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला २३४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७० हजार ६ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २०१०.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK