Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौं । सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड कायम भएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले बढेर एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २३५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७० हजार ९ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २०१९ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK