×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसे’- मन्त्री न्यौपाने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसे’- मन्त्री न्यौपाने

Artha Sarokar

६ भाद्र २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताएकी छिन् । विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरुमा काम गर्ने मनोवृत्ति नदेखिएको बताएकी हुन् । 

उनले सरकारले सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताइएन । उनका अनुसार अहिले पनि सरकारी कर्मचारीहरु काम गरेर बस्दैनन् । सरकारी कर्मचारी आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोकसेवाको तयारी स्वरुप पढाइमा रटान लगाइरहेको मन्त्री न्यौपानेले बताएकी छिन् । उनले यस्तो प्रवृत्तिले सरकारले चाहे अनुसारको नतिजा दिन नसकेको बताएकी छिन् ।

संघीय मामिला मन्त्रालयले संघीय निजामती विधेयक ल्याउँदा नासुमा खरिदार खुला प्रतिष्पर्धाबाट गर्ने प्रस्ताव गरेको थियो । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समितिले नासु खुलाबाट नगर्ने प्रस्ताव पास गरेको छ । प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा सम्बन्धी विधेयकअनुसार लोकसेवा आयोगबाट अब नायब सुब्बा, सहसचिव पदमा खुला विज्ञापन नहुने अवस्था छ । राष्ट्रिय सभामा पुगेको विधेयकमा खरिदार तहबाट बढुवा सम्बन्धी व्यवस्था छ । खरिदार तहमा  आन्तरिक बढुवामार्फत मात्र नायबसुब्बामा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ ।

खरिदार तहमा खुला प्रतिष्पर्धा हुनेछन् भने खरिदार तहमा कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ । विधेयकले सहसचिव र नायब सुब्बा पदमा खुला प्रतिष्पर्धा गर्न नपाइने व्यवस्था गरेको छ । उपसचिव, शाखा अधिकृत र सहायक (खरिदार) मा मात्रै खुला प्रतिष्पर्धाबाट सेवा प्रवेश पाइनेछ । शाखा अधिकृतमा ७० बाट घटाएर ६० प्रतिशत खुला परीक्षाबाट पदपूर्ति गरिने व्यवस्था राखिएको छ । यसका अलावा उपसचिवमा १० प्रतिशत खुला विज्ञापनद्वारा पदपूर्ति गरिने व्यवस्था राखिएको छ । 

त्यस्तै, पास भएको विद्येयकमा अब उपसचिवमा भिड्न शाखा अधिकृत भएको ७ वर्ष पूरा भएको हुनुपर्दछ । यस घि पाँच वर्ष पूरा भएपछि उपसचिवमा प्रतिष्पर्धा गर्न पाइने प्रावधान राखिएको थियो । विधेयकमा सहसचिवमा खुला प्रतिस्पर्धा हटाइएको छ । अहिलेसम्म खुला प्रतिष्पर्धाबाट सहसचिव लड्न पाउने व्यवस्था रहेकोमा यो विधेयक पास भएपछि खुलामा सहसचिव लड्न पाइने छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी