×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘वन क्षेत्रलाई रोजगारीसँग जोड्न सरकार क्रियाशील छ’: वनमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘वन क्षेत्रलाई रोजगारीसँग जोड्न सरकार क्रियाशील छ’: वनमन्त्री

Artha Sarokar

२८ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रलाई रोजगारी, जीविकोपार्जन र आयसँग जोड्न सरकार लागिपरेको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरुले सोधेका मौखिक प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो बताएका हुन् ।

उनले वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकारहरुसँग समन्वय गर्दै सामुदायिक वन व्यवस्थापन, निजी वन प्रवर्द्धन, कबुलिटी वन व्यवस्थापन र गैरकाष्ठ वन पैदावारमा आधारित हरियाली रोजगार कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिएका छन् । 

काठ प्रशोधनमा समेत निजी क्षेत्रको सहभागिता बढाउन सरकार क्रियाशील रहेको मन्त्री ठकुरीको भनाई छ । उनले काठ र दाउराको उत्पादन बढाएर आन्तरिक आपूर्ति सुनिश्चित गर्ने तथा वन पैदावारको आपूर्ति र वितरण प्रक्रियालाई सहज बनाउन काठजन्य उत्पादनको बिक्री वितरणमा एकद्वार प्रणाली लागु गरिएको बताएका छन् । 

त्यस्तै, मन्त्री ठकुरीको वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोण मात्र नभई रोजगार र आर्थिक अवसरसँग जोड्नुपर्ने आवश्यकताका आधारमा सरकारले कार्य अघि बढाएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी