काठमाडौँ । सरकारले सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ । दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको हो । त्यसका लागि आवश्यक तयारी सुरु गरिसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार दशैँको घटस्थापना भन्दा १५ दिन अघिदेखि नै सुपथ मूल्य पसल सञ्चालन गर्नेगरी तयारी अगाडि बढाइएको छ ।
अर्थात भदौको अन्तिम सातादेखि नै देशभर सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् । यसपालि पनि सुपथ मूल्य पसलमार्फत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले विभिन्न खाद्य सामग्रीहरुमा उपभोक्तालाई छुट दिनेछन् ।
तर, सुपथ मूल्य पसलमा सामानको मूल्य र सुपथ मूल्य पसल कहाँ-कहाँ राख्ने ? भन्ने निश्चित हुन बाँकी छ । सुपथ मूल्य पसलमार्फत नुन, तेल, चामल, दाल, चिनी, चियापत्ती, पिठो, घ्युदेखि लिएर खसीबोका र च्याङ्ग्रासम्म बिक्री वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्