काठमाडौँ । सरकारले १५ लाख भूमिहीन, सुकुम्बासीलाई पुर्जा दिने तयारी गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा गरिएको छलफलका क्रममा भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १५ लाख भूमिहीन, दलित सुकुम्बासीलाई पुर्जा बाँड्ने तयारी गरिएको बताएका हुन् ।
उनले हालसम्म हालसम्म ९९ हजार १ सय ८६ भूमिहीन दलित, १ लाख ६८ हजार १ सय ५ भूमिहीन सुकुम्बासीको विवरण संकलन गरिएको जानकारी दिएका छन् ।
त्यस्तै, मन्त्री अधिकारीले ८ लाख ७५ हजार ४ सय १० अव्यवस्थित बसोबासीको विवरण समेत संकलन गरिएको बताएका छन् । अझै पनि २ सय ८ पालीकाले विवरण सङ्कलनको काम सम्पन्न गर्न नसकेकाले करिब भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीको संख्या करिब १५ लाख पुग्न सक्ने अनुमान गरिएको मन्त्री अधिकारीको भनाई छ ।
उनले भूमिहीन सुकुम्बासी र दलितको हकमा अहिले बसेको स्थानमा नै त्यही ठाउँमा जग्गा दिने व्यवस्था गरिएको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्