Skip to content
LAXMI SUNRISE BANK

युवालाई स्वरोजगार बन्न ५ लाखसम्म ऋण दिने सरकारको तयारी !

अर्थ सरोकार

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवालाई स्वरोजगार बन्न सरकारले ऋण दिने तयारी गरेको बताएका छन् । राष्ट्रिय युवा परिषद्द्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । 

उनले हाल नेपालमा युवा जनशक्ति घट्दै गइरहेको र भएका युवा पनि विदेश पलायन हुने क्रम जारी रहेको भन्दै सरकारले युवालाई स्वरोजगार बन्नका लागि ३ देखि ५ लाख रुपैयाँसम्म ऋण दिने तयारी गरेको पनि बताएका छन् ।

त्यस्तै, मन्त्री चौधरीले नेपालमा अंग्रेजी र गणित विषय पढाउने शिक्षकको अभाव हुन थालेको बताएका छन् । उनले हाल नेपाली पढाउने शिक्षकहरु प्रशस्त रहे पनि अंग्रेजी र गणित विषय पढाउने शिक्षकहरु नपाउने अवस्था सिर्जना भएको बताएका छन् । 

सीपयुक्त जनशक्ति नेपालमा अभाव हुँदै जाँदा विदेशबाट श्रमीकहरु आएर उद्योग कलकारखानामा काम गर्ने गरेको मन्त्री चौधरीको भनाई छ । तालिम दिने संस्थाहरु नेपालमा धेरै नै भएपनि तालिम प्रभावकारी नभएको उनको भनाई छ । ती संस्थाहरुले कति मान्छेहरुले तालिम लिए भन्ने तथ्यांक पनि राख्न नसकेको मन्त्री चौधरीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK