काठमाडौँ । हाथवे इन्भेष्टमेन्टको नाफा सामान्य बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा ०.३० प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले ६ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने ४७.३१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा २५ करोड ९१ लाख रुपैयाँ रहेको कम्पनीको सञ्चालन आम्दानी गत आर्थिक वर्षमा १३ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा कम्पनीको कुल खर्च ५.५७ प्रतिशत बढेको छ भने वित्तीय खर्च १४.९४ प्रतिशत घटेको छ ।
कम्पनीले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा सामान्य बढे पनि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ । यस अवधिमा कम्पनीको ईपीएस २२ पैसाले घटेर २ रुपैयाँ २९ पैसामा झरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ३८ पैसा छ भने मूल्य आम्दानी अनुपात ५३१.९२ गुणा छ । १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्गमा ३१ करोड १२ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्