Skip to content
LAXMI SUNRISE BANK

धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल धितोपत्र बोर्डको सञ्चालकमा नियुक्त भएका छन् । निजी क्षेत्रलाई प्रतिनिधित्व गर्दै ढकाल बोर्ड सञ्चालकमा नियुक्त भएका हुन् । 

नवनियुक्त सञ्चालक ढकालले बुधबार शपथ ग्रहण गरेका छन् । उनलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गराएका हुन् ।

यसो त धितोपत्र बोर्डमा निजी क्षेत्रको प्रतिनिधिका रुपमा महासंघका पदाधिकारी तहको व्यक्तिलाई बोर्ड सञ्चालकमा नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार ढकाललाई बोर्ड सञ्चालकमा नियुक्त गरिएको छ ।

यसअघि निजी क्षेत्रको प्रतिनिधित्व गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ बोर्ड सञ्चालक थिए । तर, उनले सञ्चालकबाट राजिनामा दिएपछि उक्त पद खाली थियो । हाल सोही पदमा ढकाललाई नियुक्त गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK