×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुन्डाई र कियाका गाडीमा आगो लाग्ने खतरा, कम्पनीले नै भनेको थियो- ‘घर भित्र पार्किङ नगर्नू’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हुन्डाई र कियाका गाडीमा आगो लाग्ने खतरा, कम्पनीले नै भनेको थियो- ‘घर भित्र पार्किङ नगर्नू’

Artha Sarokar

२३ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आगलागीको जोखिम उच्च देखेपछि हुन्डाई र कियाका गाडी घरको ‘कम्पाउण्ड’ बाहिर पार्किङ गर्न सुझाव दिइएको छ । दक्षिण कोरियाली अटो कम्पनी हुन्डाई र कियाले कारमा आगो लाग्ने खतरा देखिएको भन्दै कार घर बाहिर पार्क गर्न सुझाव दिएका हुन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हुन्डाई र कियाले हाल अमेरिकामा आफ्ना गाडीहरु फिर्ता मगाइरहेका छन् ।

कम्पनीका अनुसार हुन्डाई र कियाका कार तथा एसयूभीमा प्रदुषणका कारण एन्टी लक ब्रेक कम्प्युटर कन्ट्रोल मोड्युलमा सर्ट सर्किट भएर इन्जिनमा नै आगो लाग्ने खतरा देखिएको छ । पार्किङमा राखिएको अवस्थामा पनि गाडीमा आगो लाग्न सक्ने स्वयम् कम्पनीहरुले स्पष्ट पारेका छन् । 

यसरी गाडीमा आगो लाग्ने खतरा बढेपछि हुन्डाईले २०१६-२०१८ मा बनेका ‘सान्ता फे एसयूभी’, २०१७-२०१८ मा निर्मित ‘सान्ता फे स्पोर्ट एसयूभी’, २०१९ को ‘सान्ता फे एक्सएल मोडल’ र २०१४-२०१५ मा बनेका ‘टक्सन एसयूभी’ फिर्ता लैजान सुरु गरेको छ । त्यस्तै, कियाले पनि २०१६-२०१८ मा बनेको ‘के ९०० सेडान’२०१४-२०१६ मा बनेको ‘सपोर्टेज एसयूभी’ फिर्ता लैजान थालेको छ ।

हालसम्म हुन्डाईले ३ लाख ५७ हजार ८३० गाडी फिर्ता मगाइसकेको छ भने कियाले १ लाख २६ हजार ७४७ युनिट कार फिर्ता मगाएको छ । फिर्ता मगाइएका गाडीहरुमा एन्टी-क्लक ब्रेकिङ कन्ट्रोल मोड्युल जाँच गरिनेछ भने त्रुटि भेटिए नयाँ जडान गरिनेछ । यसमा सवारीधनीको कुनै खर्च नलाग्ने कम्पनीहरुले स्पष्ट पारेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी