Skip to content
LAXMI SUNRISE BANK

‘म बैंक ठग होइन, बैंकिङ कसुरको झुठो मुद्दा लगाइयो’- दुर्गा प्रसाईं 

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आफूमाथि बैंकिङ कसुरको झुठो मुद्दा लगाइएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रसाईंले राज्यले आफूमाथि षड्यन्त्र गरेर बैंकिङ कसुरको झुठो मुद्दा लगाएको बताएका हुन् ।

उनले आफूमाथि लगाइएको बैंकिङ कसुरको आरोपमा कुनै सत्यता नभएको बरु जबरजस्ती आफूलाई फसाउनका लागि केही समूहले बैंकिङ कसुरको झुठो मुद्दा लगाएको बताएका छन् । 

प्रसाईंले आफूले बैंकबाट लिएको ऋणको ब्याज र किस्ता समयमा तिरेको पनि दाबी गरेका छन् । पत्रकार सम्मेलनमा उनले बैंकमा किस्ता र ब्याजबापत पैसा जम्मा गरेको भौचरसमेत सार्वजनिक गरेका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK