Skip to content
LAXMI SUNRISE BANK

‘भोलि के हुन्छ थाहा छैन, आजसम्म सबै बैंकको ब्याज तिरेको छु’: प्रसाईं

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईंले आफूले बैंकबाट लिएको ऋणको ब्याज तिरिरहेको दाबी गरेका छन् । कारागारमुक्त भएपछि मंगलबार पहिलोपटक पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूले समयमा बैंकको ब्याज तिरिरहेको दाबी गरेका हुन् । 

बाहिर हल्ला भएजस्तो आफूले कुनै पनि बैंकको किस्ता समयमा नतिरेको नभएको उनको दाबी छ । 

उनले बैंकबाट लिएको ऋणको ब्याज र किस्ता अहिलेसम्म समयमा तिरिरहेको बताएका छन् । ‘अब भोलि के हुन्छ ? थाहा छैन । तर आजसम्म मैले सबै बैंकमा समयमा किस्ता तिरिरहेको छु ।’, उनले भने । 

प्रसाईंले पत्रकार सम्मेलनमा आफूले बैंकबाट लिएको ऋणको किस्ता र ब्याजबापत गरेको भुक्तानीको भौचर समेत सार्वजनिक गरेका थिए । आफूविरुद्ध कुनै पनि बैंकले उजुरी नदिएको दाबी गर्दै प्रसाईंले आफूविरुद्ध राज्यले षड्यन्त्र गरेर बैंकिङ कसुरको झुठो मुद्दा लगाएको पनि बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK