काठमाडौँ । आईसिएफसि फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ‘८% आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर-२०८९’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो ।
कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौतापत्रमा आईसिएफसि फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृतपुष्प शर्माले हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।
यस कम्पनीले २१ शाखा कार्यलयहरु र १८ वटा एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।