काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलार, ब्याट्रीले विद्युत आवश्यकता पूरा गर्नसके विद्युत प्राधिकरण हाइड्रोको पछाडी लाग्न जरुरी नरहेको स्पष्ट पारेका छन् ।
उनका अनुसार राति र दिउँसोको बिजुलीको डिमाण्ड सोलर ब्याट्रिले धान्नसक्ने स्थिति भयो भने धेरै खर्च गरेर हाइड्रो बनाइरहनुपर्ने बाध्यता हट्ने बताएका छन् । अहिले उद्योगहरुमा विद्युतको खपत त्यति नरहेको शाक्यले बताए ।
सोलर, ब्याट्रिले साँझ–बिहानको विद्युतको आवश्यकता पूरा गर्नसके जलविद्युत नै भनिरहनुपर्ने अवस्था नरहने उनको भनाइ छ । यो ठूला जलविद्युतका हकमा रहेको उनले बताए । त्यस्तै, शाक्यले सिँचाई हुने ठाउँहरुमा चोरीको समस्या देखिएको पनि बताएका छन् ।
‘हामीलाई इनर्जी सोर्स कहाँबाट आयो भन्ने छैन, हाम्रो डिमाण्ड ब्याट्री र सोलरले पूरा हुन्छ भने हामी हाइड्रको पाछाडी लाग्नुपर्छ भन्ने छैन ।’, उनले भने, ‘हाम्रो डिमाण्ड भनेको दिउँसो र साँझको बिजुलीको माग धान्न सक्नुपर्यो । हाम्रो राति त्यति बिजुली डिमाण्ड हुँदैन । औद्योगिक क्षेत्रमा अहिले त्यति विद्युत् खपत छैन ।’
त्यस्तै, उनले देशभरका धेरै पालिकाहरुका सडक पोलमा विद्युत प्राधिकरणले बत्ति राख्दिने गरेतापनि पालिकाहरुले धेरै वर्षसम्म पनि विद्युत बक्यौता नतिर्ने गरेको पनि बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्