×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई मोर्टसले ९ महिनामै गर्यो २ अर्ब २१ करोडको व्यापार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइएमई मोर्टसले ९ महिनामै गर्यो २ अर्ब २१ करोडको व्यापार

Artha Sarokar

२५ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनी आइएमई मोर्टसले आर्थिक वर्ष २०२५ को ९ महिनामै २ अर्ब २१ करोड रुपैयाँ बरारको व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार कम्पनीले उक्त व्यापार गरेको देखिएको हो । कम्पनीले तीन अर्ब २५ करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनमा लागि रेटिङ गराएको हो ।

कम्पनीले यसअघि आव २०२४ मा दुई अर्ब ३४ करोड, आव २०२३ मा एक अर्ब ७५ करोड र आव तीन अर्ब १४ करोड रुपैयाँ बढीको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले २०२२ मा दुई अर्ब ३७ करोड र आव २०२१ मा एक अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो । यो कम्पनी भारतको हिन्दुजा समूहको कमर्सियल भेहिकल अशोक लेल्याण्डका लागि नेपालको आधिकारिक वितरण कम्पनीको रुपमा रहेको छ ।

कम्पनीले अशोक लेल्याण्डका सम्पूर्ण कमर्सियल भेहिकल (सिभी) मा बस, इन्टरमिडिएट कमर्सियल भेहिकल्स (आइसिभिएस), लाइट कमर्सियल भेहिकल्स (एलसिभिएस), मिडियम कमर्सियल भेहिकल्स (एमसिभिएस), ट्रक र टिपरहरू नेपाल आयात गरेर व्यापार गर्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी