×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिजिट भिसामा विदेश जाने यात्रुलाई अध्यागमनले अब नरोक्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भिजिट भिसामा विदेश जाने यात्रुलाई अध्यागमनले अब नरोक्ने !

Artha Sarokar

१ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अध्यागमन विभागले भिजिट भिसामा विदेश जानेहरुलाई नरोक्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश हिँडेका नागरिकलाई अनुमान, शंका र हैसियतका भरमा नरोक्ने बताएका हुन् । 

तर, फर्जी वा नक्कली कागजात प्रयोग गरी प्रस्थान गर्न खोज्ने यात्रुलाई प्रहरीको जिम्मा लगाइने तिवारीले चेतावनी दिएका छन् । 

उनले भिजिट भिसाका लागि विदेश यात्रामा जानुअघि वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ वा आफन्तसँग बस्ने प्रमाण, डलर सटही र आवश्यक कागजात अनिवार्य रुपमा लिन यात्रुहरुलाई अनुरोध समेत गरेका छन् । 

त्यस्तै, तिवारीले दलाल वा विचौलियाको प्रलोभनमा परी अवैधानिक बाटोबाट विदेश नजान र अध्यागमन प्रक्रियामा रकम मागिएमा तुरुन्तै विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई खबर गर्न पनि आग्रह गरेका छन् । अर्कोतर्फ वायुसेवा कम्पनीलाई समेत यात्रुहरुलाई प्रस्थान समयभन्दा कम्तीमा एक घण्टा अगाडि अध्यागमनको ‘स्टेरेलाइज्ड एरिया’मा पठाउन, अत्याधिक ओभर बुकिङ नगर्न र बोर्डिङ पास दिन नसक्ने अवस्थामा यात्रुलाई लिखित जवाफ दिन आग्रह गरेका छन् । 

स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई दलाल/बिचौलियाबाट नागरिकलाई सचेत गराउन र ठगी गर्ने समूहविरुद्ध निगरानी तथा कारबाही अभियान सञ्चालन गर्न पनि तिवारीले आग्रह गरेका छन् । उनले उहाँले सञ्चार माध्यमलाई वैदेशिक यात्रा सम्बन्धी झुट्टा विवरण, फर्जी कागजात र दलालका गतिविधिबारे जिम्मेवारपूर्वक जानकारी प्रसार गरी जनतालाई सचेत बनाउन विभागले अपील अपिल गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी