काठमाडौँ । उर्जामन्त्री दीपक खड्काले उद्योगीहरुले कुनै हालतमा विद्युत महसुल तिर्नुपर्ने बताएका छन् । सरकारले कहिल्यै पनि विद्युत महसुल तिर्नुपर्दैन नभनेको स्ष्ट पार्दै उनले बिजुली बालेको महसुल कुनै हालतमा तिर्नुपर्ने बताउका हुन् ।
विद्युत प्राधिकरणले प्रवाह गरेको विद्युत उद्योगधन्दामा प्रयोग भएको र महशुल नतिरेर थन्किएको अवस्था रहेको भन्दै यो सँधै रही रहनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
उद्योगहरुले प्रयोग गरे जति विद्युतको तिर्नुपर्ने मन्त्री खड्काको भनाई छ । उनले सरकारले सधैँ प्रयोग गरेको जति विद्युतको महसुल तिर्नुपर्ने बताएको पनि उनले उल्लेख गरेका छन् । प्रयोग भएको विद्युतको महसुल तिर्नुपर्दैन भन्ने कुरा सरकारको कल्पना बाहिरको कुरा रहेको उर्जामन्त्री खड्काले बताएका छन् ।
त्यस्तै, उनले उद्योगलाई निरुत्साहित गरेर नभइ न्यायोचित प्रक्रियाबाट काम गरेर अघि बढ्न जरुरी रहेको पनि बताएका छन् । टिओडी मिटरका आधारमा रकम असुल गर्ने उल्लेख गरिएको स्पष्ट टिओडी मिटर किन नराखेको भन्दै उनले प्रश्न समेत गरेका छन् ।