काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
ओझाको योग्यता सम्बन्धी विवादमा न्यायिक जाँचबुझ समितिको सिफारिसमा ओझालाई बर्खास्त गरिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
यसो त समितिले जाँचबुझ प्रतिवेदन यसअघि नै अर्थ मन्त्रालयमा बुझाएको थियो । उक्त प्रतिवेदनमा ओझाले योग्यता सम्बन्धमा फर्जी प्रमाण पेश गरेको ठहर गरेको थियो । सो प्रतिवेदन पेश गर्दै समितिले ओझालाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
सरकारले ओझालाई २०८१ फागुन २१ गते प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । तर, ओझाको योग्यता र अनुभवमाथि प्रश्न उठेपछि सरकारले गत असार ३० गते तीन सदस्यीय न्यायिक छानबिन समिति गठन गरेको थियो । सोही समितिको सिफारिसमा ओझालाई बीमा प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त गरिएको हो । योग्यतामाथि प्रश्न उठेपछि उनी यसअघि निलम्बनमा परेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्