Skip to content
LAXMI SUNRISE BANK

अन्तराष्ट्रिय युवा दिवसः सुर्खेतमा युवाहरुको सचेतनामूलक र्याली सम्पन्न (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सुर्खेतमा सचेतनामूलक र्याली सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाइईएफ) सुर्खेत च्याप्टरको आयोजनामा सचेतनामूलक र्याली सम्पन्न गरिएको हो । र्यालीमा युवा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी सचेतना फैलाइएको थियो । 

कार्यक्रममा युवा उद्यमी र स्नातक तहमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । 

र्यालीमा ‘सहभागी युवाहरुले उद्यमशीलता हाम्रो हतियार’, ‘समृद्ध नेपाल सक्रिय युवा’, ‘जहाँ जोखिम त्यही अवसर, जहाँ उद्यमशीलता त्यही रोजगारी’, ‘उद्यमी राष्ट्रका सम्पति हुन, निरुत्साहन होइन प्रोत्साहन गर’ लगायतका नारासहितका प्ले कार्ड प्रदर्शन गरिएको थियो । 

र्याली वीरेन्द्रनगरकी मंगलगढी चोकबाट सुरु भएर बजार परिक्रमापश्चात पुनः विरेन्द्र चोकमै कोण सभामा परिणत भएको थियो । कोणसभामा एनवाइईएफ सुर्खेत च्याप्टरका अध्यक्ष कमल सुवेदीले युवालाई  उद्यमशीलतामा जोड्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन् । एनवाइईएफ सुर्खेत च्याप्टरका प्रथम उपाध्यक्ष राजेश बरालले उक्त कार्यक्रम युवाहरु विदेश पलायनको डरलाग्दो परिस्थितिमा स्वदेशमै केही गरौँ भन्ने युवाहरुका लागि अनुकूल तथा प्रेरणादायी रहेको बताएका छन् । 

उक्त कार्यक्रमलाई अमेरिकी कर्नर सुर्खेत, होराइजन लायन्स क्लब अफ सुर्खेत, इनर ह्विल क्लब सुर्खेत र सिद्धापाईला क्याम्पस सुर्खेतले सहआयोजकको भूमिका निर्वाह गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK