Skip to content
LAXMI SUNRISE BANK

धरहरा टपरी मःममा मःम भित्र फलामको औँठी, महानगरले गर्यो कारवाही

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँको चर्चित धरहरा टपरी मःममा मःम भित्रै फलामको औँठी फेला परेको छ । ग्राहकले मःम मगाएर खाने बेलामा मःम भित्र फलामको औँठी फेला परेको हो । 

मःम भित्र औँठी फेला परेपछि धरहरा टपरी मःमलाई काठमाडौँ महानगरपालिकाले कारवाही गरेको छ । 

यसो त धरहरा टपरी मःम मा यस्तो भेटियो यो पहिलो घटना होइन । यसअघि पनि मःममा साँग्ला परेपछि महानगरले सो मःम पसललाई कारवाही गरेको थियो । हाल सोही धरहरा टपरी मःमको मःम भित्र फलामको औँठी भेटिएको छ । 

यता मःम सेन्टरका सञ्चालकले भने आफ्नो पसललाई फसाउन आफ्ना स्टाफहरुले नै बदमासी गरेको दाबी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK