काठमाडौँ । काठमाडौँको चर्चित धरहरा टपरी मःममा मःम भित्रै फलामको औँठी फेला परेको छ । ग्राहकले मःम मगाएर खाने बेलामा मःम भित्र फलामको औँठी फेला परेको हो ।
मःम भित्र औँठी फेला परेपछि धरहरा टपरी मःमलाई काठमाडौँ महानगरपालिकाले कारवाही गरेको छ ।
यसो त धरहरा टपरी मःम मा यस्तो भेटियो यो पहिलो घटना होइन । यसअघि पनि मःममा साँग्ला परेपछि महानगरले सो मःम पसललाई कारवाही गरेको थियो । हाल सोही धरहरा टपरी मःमको मःम भित्र फलामको औँठी भेटिएको छ ।
यता मःम सेन्टरका सञ्चालकले भने आफ्नो पसललाई फसाउन आफ्ना स्टाफहरुले नै बदमासी गरेको दाबी गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्