काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेललाई लाइसेन्स नवीकरण शुल्क बापत तिर्नुपर्ने रकम किस्ताकिस्तामा बुझाउनसक्ने सुविधा दिइएकोप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले असहमति जनाएका छन् ।
सार्वजनिक लेखा समितिमा भएको बेरुजुका बारेमा भएको छलफलमा एनसेल राज्यको नियन्त्रणमा आउन लागेका बेला किस्ताबन्दी सुविधा दिएर लुट मच्चाउन खोजिएको आरोप लगाएका छन् ।
‘एनसेलले सारा सम्पत्ति जिम्मा लगाएर जाने बेला भइसक्यो । हामी किस्ताबन्दी सुविधा दिइरहेका छौँ ।’, उनले भने, ‘कसको प्रभाव दियौँ ? किन दियौँ ? त्यही हो बेरुजु । बेरुजु त्यसै बढेको छैन्, विचौलिया व्यापारी, नेता, न्यायलयसम्मको हात छ ।’
त्यस्तै, लिङदेनले कर्मचारीको नेतृत्वले देशलाई केन्द्रलाई राखेर काम गर्छु भनेर काम गर्ने हो भने बेरुजु, भ्रष्टाचार कम हुनसक्ने बताएका छन् । बेरुजु नहुने वातावरण सिर्जना गर्नेगरी योजना बनाउन जरुरी रहेको उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्