×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युके पठाउने भन्दै ४३ लाख ठग्ने कार्की पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युके पठाउने भन्दै ४३ लाख ठग्ने कार्की पक्राउ

Artha Sarokar

८ भाद्र २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १४ घर भई हाल ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं.  २ बस्ने २९ वर्षीय बसन्त कार्की रहेका छन् ।

कार्की इडु सर्च नेपालका संचालक हुन् । उनले आकर्षक तलबको प्रलोभनमा पारेर ४३ लाख रकम ठगी गरेर फरार भएका थिए । प्रहरीका अनुसार उनले ८ जनाबाट उक्त रकम ठगी गरेका थिए ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं. १० बाट पक्राउ गरेको हो । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी