Skip to content
LAXMI SUNRISE BANK

कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अर्थ सरोकार

काठमाडौँ । कर्णाली प्रदेश सरकारले पैतृक सम्पत्ति नामसारी गर्दा लाग्ने कर बढाएको छ । आथिक वर्ष २०८२/८३ को बजेटमार्फत अंशबन्डा शीर्षकअन्तर्गत राजस्व शीर्षकको कर बढाइएको हो ।

मालपोल कार्यालयका निमित्त प्रमुख जगत रोकायाका अनुसार साबिकमा अंशबन्डा कर रु ३० लाखसम्मको थैली अङ्क ०.२ प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अङ्कमा ०.३  प्रतिशत र रु दुई करोडभन्दा माथिको थैली अङ्कमा ०.५  प्रतिशत राजस्व तोकिएको थियो ।

चालु आथिक वर्षको बजेटमा राजस्व बढाएर नगरपालिका क्षेत्रमा रु ३० लाखसम्मको थैली अङ्कमा १.५ प्रतिशत, ३० लाखदेखि दुई करोड थैली अङ्कमा २ ई प्रतिशत र दुई करोडदेखि माथिको थैली अङ्कमा २.५  प्रतिशत पुर्याइएको छ ।

यसैगरी, गाउँपालिकातर्फको अंशबन्डातर्फको राजस्वमा रु ३० लाखसम्मको एक प्रतिशत, रु ३० लाखदेखि दुई करोडसम्मको थैली अङ्कमा १.५  प्रतिशत र रु दुई करोडभन्दा माथिको थैली अङ्कमा २ प्रतिशत कर तोकिएको निमित्त प्रमुख रोकायाले जानकारी दिए ।

शत्प्रतिशतभन्दा धेरै कर बढाएकाले पैतृक सम्पत्ति आफ्नो नाममा र अंशबन्डा गर्न सेवाग्राहीले समस्या मानेका छन् । छायानाथ रारा नगरपालिका–२ चैन गाउँका नवराज चौलागाईंले आफूहरूले अंशबन्डा गर्न मालपोत कार्यालय पुगेपछि मात्र राजस्व बढेको सुनेपछि त्यसै फर्किएको बताए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK