काठमाडौँ । दाङको एक मात्र कोइलाबास भन्सारले लक्ष्यभन्दा झण्डै रु १० लाख बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ का लागि रु एक करोड ६३ लाख ६ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको कोइलाबास भन्सारले रु एक करोड ७२ लाख राजस्व सङ्कलन गरेको भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिएका छन् । सङ्कलित राजस्वमध्ये मुद्दाबाट रु १५ लाख एक हजार असुल भएको र बाँकी अस्थायी पैठारीबाट सङ्कलन भएको उनले बताए ।
भारतबाट कोइलाबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको प्रमुख विष्टले बताएका छन् ।
व्यावसायिक रूपमा यो नाका धेरै चलनचल्तीमा छैन । यहाँ सवारीसाधनबाट नै बढी कर उठ्ने गर्छ । कुनै समय व्यापार व्यवसाय धेरै हुने नाकाको पहिचान बनाएको कोइलाबास पछिल्लो समय भारतीय पर्यटक नेपाल भित्रिने नाकाको रूपमा चिनिएको छ ।
कार्यालयले गत वर्ष साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य लिएकामा रु नौ लाख २३ हजार मात्र उठेको थियो । भदौमा रु १३ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ६ लाख १९, असोजमा रु १३ लाख २६ हजारमध्ये रु सात लाख आठ हजार, कात्तिकमा रु १२ लाख ८९ हजार लक्ष्य लिएकाका रु नौ लाख १३ हजार तथा मङ्सिरमा रु १३ लाख ६८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु आठ लाख ९१ हजार सङ्कलन भएको प्रमुख विष्टले जानकारी दिएका छन् ।
यसैगरी पुसमा रु १३ लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ३० लाख ४६ हजार, माघमा रु १२ लाख ५४ हजार लक्ष्य लिएकामा रु १२ लाख ४९ हजार, फागुनमा रु १४ लाख ४४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ११ लाख, चैतमा रु १४ लाख ४३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु १० लाख ३२ हजार, यसै वर्ष वैशाखमा रु १३ लाख ८८ हजारमध्ये रु नौ लाख ८७ हजार, जेठमा रु १५ लाख ३३ हजारमा रु २३ लाख ४३ हजार तथा असारमा १४ लाख १७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु १९ लाख ६४ हजार सङ्कलन भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्