काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले ‘उज्यालो नेपाल अभियान’मा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन् । अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो आह्वान गरेका हुन् ।
कार्यक्रममा बोल्दै घिसिङले आफूले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठूलो आशा गरेको बताएका छन् ।
त्यस्तै, कुलमानले केही दिनअघि बहराइनबाट ‘उज्यालो नेपाल अभियान’को घोषणा गरेको भन्दै कुनै नेता वा नेतृत्व जन्मिनु भन्दा पनि देश समृद्ध कसरी बनाउने भन्नेतर्फ रोडम्याप तयार गर्नु सबैभन्दा महत्वपूर्ण विषय भएको बताएका छन् ।
‘उज्यालो नेपाल अभियान’ समृद्धिको अभियान, सामाजिक न्यायको अभियान, रोजगारीको अभियान र देशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने अभियान भएको घिसिङको भनाई छ । उनले नेपालमा विकास गर्न सक्ने नेतृत्व जन्मिन नसकेको भन्दै जनतालाई डेलिभरि दिनसक्ने खालको नेतृत्व चाहिएको बिचार व्यक्त गरेका छन् । त्यसका लागि एउटा राम्रो टिम बन्नुपर्ने र त्यसले नेपाललाई परिर्वतनतर्फ लैजाने उनको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्