काठमाडौँ । कुमारी बैंकको नाफामा उछाल आएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ४५ हजार ८ सय २९ प्रतिशतले बढेको देखिएको छ ।
समीक्षा अवधिमा बैंकले २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ४६ लाख रुपैयाँ मात्र थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिसन आम्दानी २७.४४ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि १०.९८ प्रतिशतले बढेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा बैंकको ईपीएस २ पैसाबाट बढेर ८ रुपैयाँ ७ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १९ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्