×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खर्च ह्वात्तै बढेपछि कुथेली बुखरीको नाफा घट्यो, ईपीएस कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खर्च ह्वात्तै बढेपछि कुथेली बुखरीको नाफा घट्यो, ईपीएस कति ?

Artha Sarokar

२९ श्रावण २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा घटेको छ । खर्च ह्वात्तै बढेपछि कम्पनीको नाफा ४३.२८ प्रतिशतले घटेको हो । 

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले असार मसान्तसम्म कुल ८९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जबकी कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.८० प्रतिशतले घटेर ३ करोड ११ लाख रुपैयाँमा झरेको छ । कम्पनीको कुल नाफा ६.०३ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा पनि ३.९९ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा कम्पनीको ह्रासकट्टी खर्च भने समीक्षा अवधिमा ३२४.८२ प्रतिशत बढेको छ । विद्युत बिक्री आम्दानी घट्दा र खर्च बढेपछि कम्पनीको नाफा घटेको हो । । 

नाफासँगै समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा कम्पनीको ईपीएस ६ रुपैयाँ २६ पैसाले घटेर ६ रुपैयाँ ६७ पैसामा झरेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७२ पैसा र मूल्य आम्दानी अनुपात २८६.४६ गुणा रहेको छ । १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ करोड ९२ लाख रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी