काठमाडौँ । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले कुल ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.९७ प्रतिशत धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९९ प्रतिशत घटेको छ भने खुद फि तथा कमिसन आम्दानी १०.०५ प्रतिशत बढेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३८.५५ प्रतिशत बढेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ५८ करोड रुपैयाँबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा झरेको छ । यही कारण बैंकको नाफा बढेको हो ।
समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस ४ रुपैयाँ ९१ पैसा बढेर १६ रुपैयाँ ९१ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.१२ गुणा रहेको छ । बैंकको वितरणयोग्य मुनाफा यसअवधिमा ३ अर्ब ५३ लाख रुपैयाँ रहेको छ ।
२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ सञ्चित छ ।