Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंकको नाफा २ अर्ब बढी, ईपीएस ८ रुपैयाँले बढ्यो

अर्थ सरोकार

काठमाडौँ । माछापुच्छ्रे बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ९२.४५ प्रतिशतले बढेको हो । 

यस अवधिमा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशतले बढेको छ भने बैंकको खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशत बढेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत र सञ्चालन मुनाफा ९९.९१ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । 

त्यस्तै, समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस ८ रुपैयाँ ३१ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ । यसअवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा छ भने मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ । ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK