काठमाडौँ । महालक्ष्मी विकास बैंक घोटाला प्रकरणमा पक्राउ परेका बैंकका चार जना कर्मचारीलाई म्याद थपका लागि महेन्द्रनगर लगिएको छ ।
२ करोड ८५ लाख रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाका शाखा प्रबन्धक सागर शाही, नगद विभागमा कार्यरत निर्मला साउँद, ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्त र कर्जा विभागमा कार्यरत धनन्जय पन्तलाई म्याद थपका लागि महेन्द्रनगर पठाइएको हो ।
पहिलो पटक ७ दिनको म्याद थप गरेर अनुसन्धान गरे पनि अनुसन्धान नसकिएपछि पुनः म्याद थपका लागि महेन्द्रनगर पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले बताएका छन् ।
‘अनुसन्धान सकिएको छैन । बैंकिङ कसुर भएकाले यो मुद्दा उच्च अदालत महेन्द्रनगर इजलासले मात्र हेर्छ । त्यसैले म्याद थपका लागि महेन्द्रनगर पठाइएको छ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै प्रहरी निरीक्षक रावतले भने, ‘आज साँझ महेन्द्रनगर पुगिन्छ । भोलि म्याद थप हुन्छ ।’
उनले यो प्रकरणको अनुसन्धान अहिले नै टुंगिने खालको नभएकाले हाल जति धेरै मिल्छ त्यति नै म्याद थप गर्ने योजनामा प्रहरी रहेको पनि जनाएका छन् । उनीहरुमाथि बैंकको भल्ट हुनुपर्ने पैसा नेपालमा प्रतिबन्धित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा लगाएर हारेको आरोप छ । उक्त प्रकरणमा प्रहरी र बैंकले आफैँले पनि छानबिन गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्