काठमाडौँ । निक्षेपकर्ताको पैसा जुवा खेलेर उडाएको घटना बाहिरिएपछि दार्चुलास्थित महालक्ष्मी विकास बैंकको गोकुलेश्वर शाखाबाट पैसा झिक्नेहरु ह्वात्तै बढेका छन् । केही दिनअघि सो शाखाका कर्मचारीले बैंकको भल्टमा राखिएको पैसा नेपालमा प्रतिबन्धित वान एक्स बेटमा लगाएर हारेको घटना बाहिरिएको थियो ।
यसरी बैंकको पैसा जुवामा हारेको घटना बाहिरिएपछि प्रहरीले सो शाखाका शाखा प्रबन्धकसहित चार जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
हाल बैंकको उक्त शाखामा नयाँ कर्मचारी हायर गरेर काम सञ्चालन गरिएको छ भने बैंकको इन्टरनल अडिटसहितको टोलीले थप छानबिन गरिरहेको छ । इन्टरनल अडिटका क्रममा सो शाखाको २ करोड ८५ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ भने अधिकांश रकम वान एक्स बेटमा लगाएको खुलेको छ ।
यसरी बैंककै कर्मचारीले निक्षेपकर्ताको पैसा जुवा खेलेर उडाएको खबर बाहिरिएपछि बैंकको गोकुलेश्वर शाखाबाट पैसा झिक्नेहरु बढेका छन् । ‘बैंकमा आजभोली भिडभाड अलि बढी छ । धेरै ग्राहक पैसा झिक्न आएका छन् ।’, बैंकका एक कर्मचारीले भने, ‘केहीलाई सम्झाएर पठाएका छौँ, बुझाउन नसक्नेलाई पैसा दिनुको विकल्प छैन । दिइरहेका छौँ ।’
यता बैंकले गोकुलेश्वर शाखाको घटना बाहिरिएपछि हाल अन्य शाखामा पनि आन्तरिक छानबिन सुरु गरेको बैंकका एक उच्च अधिकारीले बताएका छन् । अन्य शाखामा पनि सोही प्रकृतिको घटना भएको हुनसक्ने सूचना आधारमा बैंकले छानबिन सुरु गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्