काठमाडौँ । माओवादी नेता रेवतराज पुरी (गगन पुरी) भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले झापाको सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याएर भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको हो ।
उनीसँगै अदालतले अन्य ९ जनालाई पनि दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले उनीहरुलाई भ्रष्टाचारी ठहर गरेको हो ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दमक नगरपालिका-१३ र १४ मा पर्ने रतुवा र दिपिनी खोला दोभानको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । सोही मुद्दाको सुनुवाइका क्रममा अदालतले उनीहरुलाई भ्रष्टाचारी ठहर गरिदिएको हो ।
अदालतको आदेश अनुसार हडपिएको भनिएको सार्वजनिक जग्गा जफत हुनेछ । यसो त हाल विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका गगन पुरीविरुद्ध सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर भएको थियो भने सो मुद्दामा पनि अदालतले उनलाई दोषी ठहर गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्