Skip to content
LAXMI SUNRISE BANK

पल्सर बाइक चोरीमा दोषी ठहर माओवादीका युवा नेता जेल चलान 

अर्थ सरोकार

काठमाडौँ । मोटरसाइकल चोरीमा दोषी ठहर भएका माओवादीका युवा नेता जेल चलान भएका छन् । सिन्धुलीको मरिण गाउँपालिका-४ का वडा कमिटी अध्यक्ष टिकाराम स्याङ्तान जेल चलान भएका हुन् ।

यसो त स्याङ्तानलाई ३ वर्षअघि नै उच्च अदालत पाटनले दुई वटा २२० सीसी पल्सर बाइक चोरीको अभियोगमा दोषी ठहर गरेको थियो । त्यसपछि उनी फरार भएका थिए ।

तर, फरार रहेका स्याङ्तानलाई प्रहरीले पक्राउ गरेर प्रहरीले बुधबार जिल्ला अदालत सिन्धुलीमा बुझाएको थियो । अदालतको आदेश अनुसार उनलाई कारागार चलान गरिएको छ । ३४ वर्षीय स्याङ्तान माओवादीका युवा नेता हुन् । 

उनलाई २०७९ सालमा दुई वटा मोटरसाइकल चोरी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । त्यसबेला उनी २५ दिन हिरासत बसेर धरौटीमा छुटेका थिए । जिल्ला अदालतबाट मुद्दा हारेपछि उनी उच्च अदालत गएका थिए । तर, उच्चले समेत जिल्लाकै फैसला सदर गरेपछि उनी फरार भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK