काठमाडौँ । ब्रोइलर कुखुराको मासुको मूल्य फेरि बढेको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघले उत्पादन कम भएको भन्दै मासुको मूल्य बढाएको हो ।
यसो त यसअघि संघले साउन १५ गतेदेखि लागू हुनेगरि मासुको मूल्य बढाएको थियो । तर, सो मूल्य लागू भएको ३ दिन पनि नबित्दै संघले मासुको मूल्य फेरि बढाएको छ ।
हाल संघले जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको मूल्य प्रतिकिलो १५ रुपैयाँले बढाएको छ । योसँगै बजारमा जिउँदो कुखुराको मूल्य प्रतिकिलो २ सय ५० रुपैयाँ पुगेको छ भने तयारी मासुको मूल्य प्रतिकिलो ३ सय ५० रुपैयाँ पुगेको छ ।
यसअघि असारमा मात्र जिउँदो कुखुराको मासुको मूल्य प्रतिकिलो २ सय २० रुपैयाँ र तयारी मासुको मूल्य प्रतिकिलो ३ सय २० रुपैयाँ थियो । यसो त साउन महिनामा अन्य महिनाको तुलनामा मासुको खपत कम हुन्छ । खपत कम हुँदा मूल्य पनि सस्तो हुने गरेको थियो । तर, यसपालि उत्पादन साह्रै न्यून भएको भन्दै संघले साउन महिनामै मासुको मूल्य दुईपटक बढाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्