×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१०.०३ प्रतिशतले घट्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

१०.०३ प्रतिशतले घट्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा

Artha Sarokar

२६ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १०.०३ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले कुल १३ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २५ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशतले घटेको छ भने बैंकको खुद फि तथा कमिसन आम्दानी १ करोड ५० लाख रुपैयाँबाट बढेर ३ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको खुद सञ्चालन आम्दानी ३५ करोड ३१ लाख रुपैयाँबाट घटेर ३१ करोड २२ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०.८१ प्रतिशतबाट घटेर ०.२८ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ ७१ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ११ पैसा छ । त्यस्तै, बैंकको मूल्य आम्दानी अनुपात ६४.२३ गुणा रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी