काठमाडौँ । अबदेखि उद्योगमन्त्रीको कार्यकक्षभित्र मोबाइल लैजान नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको कार्यकक्षमा मोबाइल/फोन लैजान निषेध गरिएको हो ।
मन्त्रीको कार्यकक्षको बाहिर नै कार्यकक्षभित्र मोबाइल लैजान निषेध गरिएको सूचना टाँसिएको छ ।
‘कृपया आफ्नो मोबाइल फोन लकरमा राखेर मात्र भित्र प्रवेश गर्न अनुरोध गरिन्छ ।’, सूचनामा लेखिएको छ । गोपनीयता र सुरक्षा नभएको भन्दै कार्यकक्षमा मोबाइल/फोन निषेध गरिएको बताइएको छ ।
यसो त पछिल्लो समय अडियो रेकर्ड सार्वजनिक हुँदा विभिन्न मन्त्री तथा उच्च पदस्थ कर्मचारी विवादमा तानिएका छन् । यसरी जसले पनि कुराकानी रेकर्ड गर्न थालेपछी उद्योगमन्त्रीको कार्यकक्षमा मोबाइल लैजान निषेध गरिएको मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्