×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको नाफा ३०.७० प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मुक्तिनाथ विकास बैंकको नाफा ३०.७० प्रतिशतले बढ्यो

Artha Sarokar

३० श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मुक्तिनाथ विकास बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ३०.७० प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले कुल १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.५० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २०.४८ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ८.९३ प्रतिशत र सञ्चालन मुनाफा ३०.५५ प्रतिशत बढेको छ ।

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको इपिएस ५ रुपैयाँ १२ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसा छ भने मूल्य आम्दानी अनुपात १८.६ गुणा रहेको छ ।

त्यस्तै, यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४६ करोड २५ लाख रुपैयाँ रहेको छ । ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी