काठमाडौँ । मुक्तिनाथ क्यापिटलले विभिन्न कम्पनीका संस्थापक समूहका सेयर बिक्री गर्ने भएको छ । क्यापिटलले विभिन्न लघुवित्त वित्तीय संस्था र वाणिज्य बैंकका संस्थापक समूहका गरि जम्मा ४ लाख ४ सय ४० कित्ता सेयरहरु शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री आह्वान गरेको हो ।
जसमा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका एक लाख ७२ हजार ३ सय ७२ कित्ताको न्यूनतम मूल्य रु.३०० र न्यूनतम आवेदन ५ हजार कित्ता तोकिएको छ । त्यस्तै, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ताको न्यूनतम मूल्य रु.३७५ र न्यूनतम आवेदन ५ हजार कित्ता, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९ सय ६८ कित्ताको न्यूनतम मूल्य रु. ३३० र न्यूनतम आवेदन १ हजार कित्ता तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका १ हजार ३ सय १५ कित्ताको न्यूनतम मूल्य रु. १०० र न्यूनतम आवेदन १ हजार ३ हजार १५ कित्ता सेयरहरु बिक्रीमा राखिएका छन् ।
इच्छुक योग्य व्यक्ति, कम्पनी तथा संघ–संस्थाले तोकिएको शर्तका अधीनमा रही शिलबन्दी फाराम रु १०० तिरेर मुख्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्सालबाट प्राप्त गरी २०८२ भदौ २४ गते अपरान्ह ३ बजेभित्र बुझाउनुपर्नेछ । प्राप्त बोलपत्र २०८२ साल भदौ २५ गते बिहान ११ बजे कार्यालयमा खोलिनेछ ।
शिलबन्दी बोलपत्र प्रक्रियामा साविकका संस्थापक सेयरधनीहरुलाई पहिलो प्राथमिकता दिइनेछ र बाँकी रहेका सेयरहरु उच्चतम दरकदर अंकित गर्ने योग्य बोलपत्रदाताहरुलाई बिक्री गरिनेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्पूर्ण प्रक्रिया नेपाल राष्ट्र बैंकको प्रचलित नियमावलीअनुसार गर्ने बताएको छ ।