काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सुन कर्जा सेवा विस्तार गर्नका लागि सुन जाँचकी (गोल्ड टेस्टर) पदमा कर्मचारी माग गरेको हो।
बैंकले काठमाडौँ, बाग्लुङ, विर्तामोड, मलंगवा, घोराही, सुर्खेत र फिदिम शाखा कार्यलयका लागि गोल्ड टेस्टर माग गरेको छ । यी शाखाहरुबाट सुन कर्जा सेवा विस्तार गरिने बैंकको सुचनामा उल्लेख छ ।
उक्त पदमा आवेदन दिने व्यक्तिले एसएलसी/एसईई पास गरेको र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थामा कम्तिमा पाँच वर्ष सुन जाँचकीको रुपमा काम गरेको हुनुपर्नेछ ।
बैंकको उक्त पदमा जागिर खान चाहनेले भाद्र ५ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । आवेदन अनलाइन मार्फत दिन सकिनेछ । यस्तो छ बैंकले जारी गरेको सुचना: