×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौ तीनदेखि ‘नाडा अटो शो २०२५’ सुरु, गाडीसहित चार पाङ्ग्रे रोबोट पनि प्रदर्शनमा राखिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भदौ तीनदेखि ‘नाडा अटो शो २०२५’ सुरु, गाडीसहित चार पाङ्ग्रे रोबोट पनि प्रदर्शनमा राखिने !

Artha Sarokar

२० श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ‘नाडा अटो शो २०२५’ आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । 

शोको उद्‌घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने एशोसिएसनले जनाएको छ । नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिविम्ब रहेको आयोजकको भनाइ छ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यसवर्षको नाडा अटो शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको भनाई छ । 

‘नाडा अटो शो २०२५’ मा स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोट, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक जस्ता प्रविधिहरु प्रस्तुत गर्ने बताइएको छ ।

कुन-कुन ब्राण्ड आउँदैछन ?
स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे युनिटरि रोबोट्स, डिपल इभोटल युएभि सहित १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरूले शोमा सहभागिता जनाउँदैछन् ।

शोमा ३५ वटा कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन् भने करिब १ लाखभन्दा बढी आगन्तुकहरुले शोको भ्रमण गर्ने आयोजकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी