काठमाडौँ । भदौ ३ गते (मंगलबार) देखि सुरु भएको नाडा अटो शोमा पहिलो दिनमै दर्शकको थेगिनसक्नु भीड लागेको छ । भदौ ८ गतेसम्म सञ्चालन हुने अटो शोमा पहिलो दिनमै अत्याधिक दर्शकको भीड लागेको हो ।
शोको मुख्य आकर्षकका रुपमा डिपलको उड्ने कार र रोबोट छन् । उड्ने कार र रोबोट बाहेक शोमा विभिन्न ब्रान्डका स्मार्ट कार र अन्य गाडीहरु पनि राखिएका छन् ।
नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । पहिलो दिनमै शो अवलोकन गर्न आउनेको संख्या हजारौँ पुगेको छ । पहिलो दिनमै नाडा अटो शोमा दर्शकको बाक्लो उपस्थिति भएपछि आयोजक र व्यवसायीहरु पनि उत्साहित भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः