×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाइमा अटो शोः मान्छे कम आएपछि कम्पनीका स्टाफ नै शोमा उत्रिए, र पनि छैन सोचेझैँ चहलपहल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाइमा अटो शोः मान्छे कम आएपछि कम्पनीका स्टाफ नै शोमा उत्रिए, र पनि छैन सोचेझैँ चहलपहल

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आजदेखि सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ मा सोचेझैँ चहलपहल नभएपछि कम्पनीहरु तनावमा देखिएका छन् ।

पहिलो दिन नै एक्स्पो हेर्न आउनेको संख्या साह्रै कम भएपछि स्टलमा बस्ने कम्पनीका कर्मचारीहरु समेत देखिनुपर्ने जति खुसी देखिएका छैनन् । बरु कम्पनीहरुले एक्स्पोमै मान्छे कम आएपछि आ–आफ्नो स्टलमा आफ्नै स्टाफहरु उतारेका छन् ।

एक्स्पोमा राखिएका स्टलमा पहिलो दिन दर्शक भन्दा कम्पनीकै स्टाफ धेरै देखिन्छन् । त्यसले स्टलहरुमा मान्छेको भीड केही बाक्लो देखिए पनि खासमा एक्स्पो हेर्न आउनेहरुको संख्या भने कम छ । 

एक्स्पो घुम्न र हेर्नै भनेर आउनेहरु कम भएपछि नाइमा अटो शोमा चहलपहल कम छ । अत्याधिक मान्छे आउने अपेक्षा गरिए पनि नाइमा मोबिलिटी एक्स्पो पहिलो दिनमै फ्ल्प खाएको छ । आज (साउन २१) गतेदेखि सुरु भएको एक्स्पो साउन २५ गतेसम्म चल्नेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी रहेको बताइएको छ । 

एक्स्पोमा ३५ वटा नयाँ सवारिसाधन पनि प्रदर्शनमा राखिएको छ । एक्स्पोमा गाडी मात्र नभएर नयाँ प्रविधिको समेत जानकारी र अनुभव लिन सकिने नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले दाबी गरेकी छिन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी