काठमाडौँ । भदौ ३ गतेबाट १७औं संस्करणको नाडा अटो शो-२०२५ आयोजना हुने भएको छ । भृकुटीमण्डप परिसरमा आयोजना हुन लागेको अटो शोको उद्धघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका हुन् ।
उक्त अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म संचालन हुने नाडाले जनाएको छ । अटो शोमा ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो, १२५ भन्दा बढी प्रदर्शक रहेको जनाईएको छ ।
नाडाको प्रतिनिधि मण्डलले साउन २५ गते प्रधानमन्त्रीसँग भेट गरी १७ औं संस्करणको नाडा अटो शो उद्धघाटन गरिदिन आग्रह गरेको थियो । नाडाको आग्रहलाई प्रधानमन्त्रीले पनि सहर्ष स्वीकार गरिसकेका छन् ।
हाल भृकुटीमण्डप परिसरमा भने नाइमा मोबिलिटी एक्स्पो भईरहेको छ । नाइमाको उद्धघाटन भने अर्थमन्त्री बिष्णु पौडेलले गरेका थिए । नाइमाको एक्स्पोमा सोचे जस्तो व्यापार नहुँदा व्यवसायी निराश भएका छन् । अब नाडाको अटो शोले कस्तो व्यापार गर्छ, त्यो भने हेर्न बाँकी नै छ ।
प्रधानमन्त्रीसँगको भेटभाटमा नाडाका अध्यक्ष करण चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्